सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना

सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना


सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना

यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा क्षेत्रमा आफ्नो ग्राहकहरुको लागि बिशेष र नौलो प्रकारको जीवन बीमा योजनाहरु यस कम्पनीको ब्यवसाय प्रारम्भ गरे देखिनै ल्याईरहेको छ । यसै सन्दर्भमा आफ्नो र आफ्ना परिवारको उज्वल भविष्य एवंम् आर्थिक सुरक्षाका लागि एउटै बीमालेखमा मिश्रित रुपको सावधिक र आजिवन जीवन बीमा सुविधा सहित "सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा" योजना प्रस्तुत गरेका छौ । यस योजनामा ग्राहक वर्गहरुका लागि ध्यानमा राखी एकल (एकै पटक) वा सिमित अवधिका लागि बीमा शुल्क भुक्तानी गरी ग्राहक वर्गले आजीवन सम्म बीमा सुविधा उपभोग गर्न सकिनेछ । 

 

बीमालेखका विशेषताहरुः

न्यूनतम बीमाङ्क रकम :रु ५०,०००/- 
अधिकतम वीमाङ्क रकम :आयस्रोत आधारमा ।
प्रबेश उमेर

:न्यूनतम ११ वर्ष

:अधिकतम ६५ वर्ष

अधिकतम बीमा समाप्ती उमेर :७० वर्ष
बीमा अवधि :५,१०,१५,२०,२५ र ३० वर्ष
बीमा शुल्क भुक्तानी गर्नु पर्ने अवधि

:५ वर्षको लागि एकल

:१० वर्षको लागि एकल वा ५ वर्ष

:१५ वर्षको लागि एकल वा ५ वा १० वर्ष 

:२० वर्षको लागि एकल वा ५ वा १० वा १५ वर्ष 

:२५ वर्षको लागि एकल वा ५ वा १० वा १५ वा २० वर्ष

:३० वर्षको लागि एकल वा ५ वा १० वा १५ वा २० वा २५

बीमा शुल्क भुक्तानी तरिका :एकल, बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक
उमेर गणना गर्ने तरिका :नजिकको जन्मदिन (Age Nearer Birthday)
बीमाङ्क रकममा छुट

:रु. १,००,००१/- देखि २,००,०००/- सम्म प्रति हजार रु.१ /-

:रु. २००,००१/- देखि माथि प्रति हजार रु.२ /-

 

बीमा शुल्क भुक्तानी तरिकामा (एकल बीमा शुल्क बाहेक) छुट/थप
बार्षिक बीमा शुल्क  :२% छुट
अर्धबार्षिक बीमा शुल्क : १% छुट
त्रैमासिक बीमा शुल्क :छुट छैन
मासिक बीमा शुल्क :५% थप

सर्त तथा बन्देज: १६ बर्ष मुनिका नाबालिकको हकमा एकल बीमाशुल्क भुक्तानी हुने गरि बीमालेख जारी नहुने ।

 

यस बीमालेखको मूख्य आकर्षणहरु:
- एकल बीमा शुल्क भुक्तानीमा बीमा प्रारम्भ भएको मितिले ३० दिन पश्चात् बीमालेख धितोमा कर्जा प्राप्त गर्न सकिने
- बीमा गर्ने ब्यक्तिले आफ्नो इच्छा अनुसार बीमा शुल्क एकमुष्ट (एकल) वा उल्लेखित अवधि सम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्ने
- बीमा समाप्ती पश्चात बीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटना बाट मृत्यु भएमा बीमाङ्क रकम र ब्म्द्य वापत थप बीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,०००/– सम्म भुक्तानी गरिने
- बीमा अवधि समाप्ति पश्चात् पनि बीमित जीवित रहे सम्म बीमितको जोखिम बहन हुने
- बीमित जीवित रही १०० वर्षको उमेर प्रवेशमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई नै भुक्तानी गरिने
- दुर्घटनाको कारणवाट पूर्ण रुपमा अपाङ्क र अशक्तता भएमा (पूरक करारमा उल्लखित भए अनुसार) बीमितलाई सो सुविधा वापत बीमा अवधि भर बीमा शुल्क छुटको व्यवस्था र बीमाङ्क रकमको १२० भागको १ भाग रकम प्रत्येक महिनामा भुक्तानी हुने
- बार्षिक र अर्धबार्षिक बीमा शुल्क भुक्तानीमा र बीमाङ्क रकमको आधारमा बिशेष छुटको व्यवस्था रहेको

 

बीमा सुविधा:
क) जीवित रहेमा (In case of survival): बीमा अवधि समाप्ती भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।
ख) बीमा परिपक्क भएपछि बीमितको उमेर ९९ वर्ष भित्र बीमितको निधन भएमा इच्छाइएको ब्यक्तिलाई बीमाङ्क रकम मात्र भुक्तानी गरिने छ । बीमितको उमेर १०० वर्षको प्रवेशमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई नै भुक्तानी गरिनेछ । तर त्यस्तो भुक्तानी प्राप्त गर्न यस बीमालेख अन्तर्गतको सबै बीमा शुल्क भुक्तानी गरिसकेको हुनु पर्नेछ ।
ग) निधन भएमा (In case of death): बीमाङ्क रकम र बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।
घ) बीमितले दुर्घटना लाभ सुविधा लिइएको खण्डमा बीमा समाप्ती पश्चात बीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनावाट मृत्यु भएमा वीमाङ्क रकम र ADB वापत थप वीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,०००/– सम्म भुक्तानी गरिने छ ।

 

अन्य सुविधा:
समर्पण मूल्य (Surrender Value)/ चुक्ता मूल्य (Paid Value)/ कर्जा (Policy Holder Loan)
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
आयकर छुटको ब्यवस्था:
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।
पूरक करार सुविधा:
(१) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

मथि उल्लेखित करार सुविधा अन्तर्गत मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरी अधिकतम रु. १,००,००,००० सम्मको दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमित नावालक भएमा प्रदान गरिने थप सुविधा : (बीमितको उमेर ११ देखी १४ वर्ष सम्मका लागि):

अ) बीमा शुल्क छुट सुविधा (Premium Waiver Benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको पूर्ण रुपमा अशक्तता/अंगभंग/मृत्यु भएमा दुर्घटना मिति पछि मूल बीमालेख तथा पूरक करारको बीमा शुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिनेछ । तर बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मात्र यो सुविधा प्रदान गरिने छ ।
आ) मासिक आय सुविधा (Monthly Income Benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्तता वा अंगभंग भएमा दुर्घटना मिति पछि यस करारको बीमाङ्क रकमको १% वा १.५% वा २% रकम बीमितले छनौट गरे अनुसारको दरले प्रत्येक महिनाको अन्त्यमा बीमालेख परिपक्क अवधि सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मध्ये जुन अघि हुन्छ सो सम्म मात्र भुक्तानी गरिनेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: ३१/०५/२०१८
प्रथम बीमालेख जारी भएको मिति: १२/०९/२०१८