बालबच्चा सावधिक जीवनबीमा योजना

बालबच्चा सावधिक जीवनबीमा योजना


यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यवसाय प्रारम्भ गरेको शुरुवात देखीनै ग्राहक वर्गहरुका हितलाई ध्यानमा राखी भर्खरेै जन्मेको बाल बच्चाहरुको पालन–पोषण,शिक्षा–दिक्षा, जीवन सुनिश्चित तथा भबिष्य उज्वल बनाउने अभिप्रायले "बालबच्चा सावधिक जीवन बीमा" योजना प्रस्तुत गरेको छ ।

बीमालेखका विशेषताहरुः

बीमाङ्क रकमः : न्यूनतम – रु. ५०,०००|—  अधिकतम – आयस्रोतको आधारमा ।

प्रबेश उमेर
बीमित (बच्चा) : भर्खर जन्मेको देखि १३ वर्ष सम्म

प्रस्तावकको : १७ वर्ष देखि ६५ वर्षसम्म
अधिकतम वीमा समाप्ती उमेर : १८ वर्ष (बीमित बच्चा), ७० वर्ष (प्रस्तावक)
बीमा अवधि : न्यूनतम – ५वर्ष   अधिकतम – १८ वर्ष
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक


स्वास्थ्य परिक्षण:
प्रस्तावकको हकमा : कम्पनीको नियमानुसार
बीमित बच्चाको हकमा : ११ वर्ष देखि १३ वर्ष सम्म अनिवार्य स्वास्थ्य परिक्षण गराउनु पर्नेछ
उमेर गणना गर्ने तरिका : नजिकको जन्म दिन (Age Nearer Birthday)
बीमाङ्क रकममा छुट : रु. १,५०,०००|- देखि १,९९,९९९|- सम्म प्रति हजार रु.रु.१|- रु. २,००,०००|-देखि माथिप्रति हजार रु.रु.२|-


बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप
बार्षिक बीमाशुल्क : २%छुट
अर्धबार्षिक बीमाशुल्क : १%छुट
त्रैमासिक बीमाशुल्क : छुट छैन
मासिक बीमाशुल्क : ५% थप

जोखिम प्रारम्भ हुने मितिः बीमितको उमेर ६ वर्ष पुरा भएको मिति वा बीमा प्रारम्भ मितिबाट २ बर्ष अवधि पूरा भएको मितिमा (जुन घटना पछि घट्छ ) जोखिम वहन प्रारम्भ हुनेछ ।

 

बीमा सुविधा:


क) बीमित बच्चाको हकमा : 

१. बीमालेखको अवधिसम्म बीमित एवं प्रस्तावक दुवै जिवित रहेमा बीमाङ्क रकम र पुरा अवधिको बोनस सहित रकम भुक्तानी गरिनेछ ।
२. बीमालेख अन्तर्गत बीमितको जोखिम प्रारम्भ हुने मिति अगावै मृत्यु भएमा यस बीमाालेख वापत बीमकलाई भुक्तानी गरिएको बीमाशुल्क (अतिरिक्त सुविधाको लागि बुझाएको बीमाशुल्क) वाहेक बाँकी सम्पूर्ण बीमाशुल्क विना बोनस प्रस्तावकलाई भुक्तानी गरिनेछ ।
३. बीमालेख अन्तर्गत जोखिम प्रारम्भ मिति पछि बीमितको मृत्यु भएमा प्रस्तावकलाई बीमालेखमा उल्लेखित बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।


ख) प्रस्तावकको हकमा :

बीमालेखमा बीमा अवधि भित्र बीमित जिवितै रहेको अवस्थामा अतिरिक्त शुल्क सहितको सुविधामा प्रस्तावकको उमेर ७० वर्ष नपुुगुन्जेलसम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेलसम्म प्रस्तावकको मृत्यु वा दुर्घटनाबाट पूर्ण रुपमा शारिरीक अशक्तता भएमा देहाय बमोजिमको सुविधा प्रदान गरिनेछ ।

१. बीमाशुल्क मिनाहा लाभ (Premium Waiver Benefit) :
बीमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी सम्पूर्ण बीमाशुल्क मिनाहा हुनेछ ।
२. मासिक आम्दानी सुविधा (Monthly Income Benefit) :
प्रत्येक महिना बीमाङ्क रकमको १ प्रतिशतका दरले बीमितलाई भुक्तानी गरिनेछ ।

३. बीमालेख अन्तर्गत जोखिम प्रारम्भ मिति पछि बीमितको मृत्यु भएमा प्रस्तावकलाई बीमालेखमा उल्लेखित बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।

 

अन्य सुविधा : 


समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
आयकर छुटको ब्यवस्था :
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

स्वास्थ्य परिक्षण: बीमाङ्क र उमेरको आधारमा नियमानुसार स्वास्थ्य परिक्षण गर्नु पर्नेछ ।
(क) प्रस्तावकले पूरक करार सुबिधा लिइएमा स्वास्थ्य परीक्षण आवश्यक छ ।
(ख) ११ वर्ष देखि १३ वर्ष सम्म अनिवार्य स्वास्थ्य परिक्षण गराउनु पर्नेछ

मुनाफामा सरिक हुने / नहुने : मुनाफामा सरिक हुने
अभिकर्ता कमिशन : बीमा नियमावली २०४९ को अनुसूची ११ अनुसार

 

बीमा समितिबाट स्वीकृति मिति: ३०/१०/२०१७
प्रथम बीमालेख जारी भएको मिति: ०५/११/२०१७