सिमित भुक्तानी सावधिक जीवनबीमा योजना

सिमित भुक्तानी सावधिक जीवनबीमा योजना


यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यवसाय प्रारम्भ गरेको शुरुवात देखी नै ग्राहक वर्गहरुकोहितलाई ध्यानमा राखी एकल (एकै पटक) वा सिमित अवधिका लागि बीमाशुल्क भुक्तानी गरी निर्धारित अवधिसम्म ढुक्क हुन "सिमित भुक्तानी सावधिक जीवन बीमा" योजना ल्याएको छ ।

 

बीमालेखका विशेषताहरु :
न्यूनतम बीमाङ्क रकम : रु. ५०,०००/—
अधिकतम बीमाङ्क रकम : आयस्रोतको आधारमा ।
प्रबेश उमेर : न्यूनतम ११ वर्ष  अधिकतम ६० वर्ष 
अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष
बीमाअवधि : १०,१५,२०,२५ र ३० वर्ष

बीमाशुल्क भुक्तानी गर्नु पर्ने अवधि: 
१० वर्षको लागि एकल वा ५ वर्ष
१५ वर्षको लागि एकल वा ५ वा १० वर्ष
२० वर्षको लागि एकल वा ५ वा १० वा १५ वर्ष
२५ वर्षको लागि एकल वा ५ वा १० वा १५ वा २० वर्ष
३० वर्षको लागि एकल वा ५ वा १० वा १५ वा २० वा २५


बीमाशुल्क भुक्तानी तरिका : एकल, बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक 
स्वास्थ्य परिक्षण : कम्पनीको नियमानुसार 
उमेर गणना गर्ने तरिका : नजिकको जन्मदिन 
दोहोरो दुर्घटना लाभ (ADB) : बीमाङ्क रकम बराबर वा बढिमा रु १,००,००,००० सम्म
दुर्घटनाबाट स्थायी अंगभंग : समावेश गर्न सकिने (TPD -MIB/PWB)


यस बीमालेखको मूख्य आकर्षणहरु:

  • एकल बीमाशुल्क भुक्तानीमा बीमा प्रारम्भ भएको मितिले ३५ दिन पश्चात् बीमालेख धितोमा कर्जा प्राप्त गर्न सकिने|
  • बीमा गर्ने ब्यक्तिले आफ्नो इच्छा अनुसार बीमाशुल्क एकमुष्ट (एकल) वा उल्लेखित अवधि सम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्ने|
  • यस बीमा योजनाको बीमाशुल्क सस्तो र बीमा योजना आकर्षक रहेको|
  • सिमित अवधि सम्म मात्र बीमाशुल्क भुक्तानी गरी वीमा अवधि भर बीमितको जोखिम बहन हुने र बीमा अवधि समाप्तीमा बीमा अवधि सम्मकै एकमुष्ट वोनस रकम र बीमाङ्क रकम भुक्तानी हुने|
  • दुर्घटनाको कारणवाट पूर्ण रुपमा अपाङ्क र अशक्तता भएको प्रमाणित भएमा (पूरक करारमा उल्लखित भए अनुसार) बीमितलाई सो सुविधा वापत बीमा अवधिभर बीमाशुल्क छुटको व्यवस्था र बीमाङ्क रकमको १२० भागको १ भाग रकम प्रत्येक महिनामा भुक्तानी हुने|
  • बार्षिक र अर्धबार्षिक बीमाशुल्क भुक्तानीमा र बीमाङ्क रकमको आधारमा बिशेष छुटको व्यवस्था रहेको|

बीमा सुविधा:
क) जीवित रहेमा (In Case of Survival): बीमा अवधि समाप्ति भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ| 
ख) मृत्यु भएमा(In Case Of Death): बीमाङ्क रकमर बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ|

 

अन्य सुविधा:
समर्पण मूल्य (Surrender Value)/चुक्ता मूल्य(Paid Value)/कर्जा (Policy Holder Loan):
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
आयकर छुटको ब्यवस्था :
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।


पूरक करार सुविधा: 
(१) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

 

माथि उल्लेखित करार सुविधा अन्तर्गत मूल वीमाङ्क रकम भन्दा बढी नहुने गरी अधिकतम रु. १,००,००,००० सम्मको दुर्घटना मृत्यु लाभ, वीमा शुल्क छुट, मासिक आय सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि वीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

 

वीमित नावालक भएमा प्रदान गरिने थप सुविधाः (बीमितको उमेर ११ देखी १४ वर्ष सम्मका लागि):
अ) बीमाशुल्क छुट सुविधा (Premium Waiver Benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको पूर्ण रुपमा अशक्तता/अंगभंग/मृत्यु भएको प्रमाणित भएमा दुर्घटना मिति पछि मूल बीमालेख तथा पूरक करारको बीमाशुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिनेछ । तर बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मात्र यो सुविधा प्रदान गरिने छ ।
आ) मासिक आय सुविधा (Monthly Income Benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको मृत्यु भएमावा पूर्ण रुपमा अशक्तता वा अंगभंग भएको प्रमाणित भएमा दुर्घटना मिति पछि यस करारको बीमाङ्क रकमको १% वा १.५% वा २% रकम बीमितले छनौट गरे अनुसारको दरले प्रत्येक महिनाको अन्त्यमा बीमालेख परिपक्व अवधि सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मध्ये जुन अघि हुन्छ सो सम्म मात्र भुक्तानी गरिनेछ ।

 


बीमा समितिबाट स्वीकृति मिति: ०८/०६/२०१७

प्रथम बीमालेख जारी भएको मिति: ०८/१०/२०१७