जीवन दीप बीमा योजना

जीवन दीप बीमा योजना


म्यादी जीवन योजना (मुनाफा रहित)

बीमालेखका विशेषताहरुः

बीमाङ्क रकमः न्यूनतम – रु. ३००,०००/—
अधिकतम – रु. आयश्रोतको आधारमा
 प्रबेश उमेरः  न्यूनतम – १६ वर्ष
अधिकतम – ६० वर्ष
 बीमा शुल्क भुक्तानी अवधिको अधिकतम उमेर: ६५ वर्ष 
बीमा शुल्क भुक्तानी अवधि: न्यूनतम – ५ वर्ष
अधिकतम – २५ वर्ष
बीमाशुल्क भुक्तानी तरिका: बार्षिक
उमेर गणना गर्ने तरिका: नजिकको जन्मदिन (Age Nearer Birthday)

 

बीमाङ्क रकममा छुटको ब्यवस्था:

रु. १०,००,०००/– सम्म प्रति हजार रु.०/–
रु. १०,००,००१/– देखि १५,००,०००/– सम्म प्रति हजार रु. ०.२५/–
रु. १५,००,००१/– देखि माथि प्रति हजार रु. ०.५०/–

 

बीमा सुविधा:

क) जीवित रहेमा (In Case of survival) : बीमालेख परिपक्क भएमा कुनै रकम भुक्तानी गरिने छैन ।
ख) निधन भएमा (In Case of Death): बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम इच्छाएको ब्यक्तिलाई भुक्तानी गरिनेछ ।
ग) दुर्घटनाबाट मृत्यु भएमा (In Case of Death Due to Accident (ADB): बीमितले दुर्घटना लाभ सुविधा लिएको खण्डमा बीमालेख चालु रहेको अवस्थामा करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ ।
घ) दुर्घटना बाट पूर्ण स्थायी अंगभंग भएमा (In Case of Total Permanent Disability Due to Accident (TPD): बीमितले दुर्घटना लाभ सुविधा लिएको खण्डमा बीमा लेख चालु रहेको अवस्था दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमित पूर्ण अशक्त भएमा बीमा शुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिनेछ । करारमा उल्लेखित बीमाङ्कको १२० भागको १ (एक) भाग रकम प्रत्येक महिनाको अन्तमा भुक्तानी दिइनेछ ।

 

समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा:
यस बीमालेख अन्तर्गत समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा सुविधा उपलब्ध हुने छैन ।

स्वास्थ्य परिक्षण : बीमाङ्क र उमेरको आधारमा नियमानुसार स्वास्थ्य परिक्षण गर्नुपर्नेछ । स्वास्थ्य परिक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्नेछ ।

 

पूरक करार सुविधा:
क) दुर्घटनाबाट मृत्यु लाभ (ADB)
ख) दुर्घटनाबाट पूर्ण स्थायी अंगभंग लाभ (Total Permanent Disability)

 

बीमा समितिबाट स्वीकृति मिति: ०८/०९/२०२०
प्रथम बीमालेख जारी भएको मिति: १०/०९/२०२०