सावधिक जीवन बीमा योजना

सावधिक जीवन बीमा योजना


सावधिक जीवन वीमा योजना जुनसुकै वर्गले पनि गर्न सकिने जीवन वीमा योजना हो । आफ्नो तथा आफ्ना परिवारको आर्थिक सुरक्षा, सुनिश्चित भविष्य तथा सबल जीवन यापन प्रधान गराउने उद्देश्यका साथ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले "सावधिक जीवन बीमा" योजना प्रस्तुत गरिएको छ ।


बीमालेखका विशेषताहरुः 

बीमाङ्क रकमः न्यूनतम – रु. ५०,०००/—
  अधिकतम – आयस्रोतको आधारमा ।
प्रबेश उमेरः न्यूनतम – ११ वर्ष
  अधिकतम – ६५ वर्ष
बीमा शुल्क भुक्तानी अवधिको अधिकतम उमेर : ७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि: न्यूनतम – ५ वर्ष
  अधिकतम – ५९ वर्ष
बीमाशुल्क भुक्तानी तरिका: बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक
उमेर गणना गर्ने तरिका: नजिकको जन्मदिन (Age Nearer Birthday)
बीमाङ्क रकममा छुट: रु. २,००,०००/- देखि २,९९,९९९ /- सम्म प्रति हजार रु. रु.१/-
  रु. ३,००,०००/- देखि प्रति हजार रु. २ /-



बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप

बार्षिक बीमाशुल्क:  २% छुट

अर्धबार्षिक बीमाशुल्क: १% छुट

त्रैमासिक बीमाशुल्क: छुट छैन

मासिक बीमाशुल्क: ५% थप



बीमा सुविधा:

क) जीवित रहेमा: बीमा अवधि समाप्ती भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ।
ख) मृत्यु भएमा: बीमाङ्क रकम र बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ।

 

अन्य सुविधा:  

समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा

बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ।

आयकर छुटको ब्यवस्था:

आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ।

 

पूरक करार सुविधा:

(१) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

मथि उल्लेखित करार सुविधा अन्तर्गत मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरी अधिकतम रु. १,००,००,००० सम्मको दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय सुविधा समावेश गर्न सकिनेछ,। यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

(क) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit): प्रति हजार रु १।०० का दर
(ख) दुर्घटनाबाट मृत्यु भएमा वा अंगभंग/अशक्तता भएमा दिईने थप सुविधा ( ADB,TPD(PWB/MIB): प्रति हजार रु २ का दर

 

बीमा समितिबाट स्वीकृति मिति: ०२/११/२०१७
प्रथम बीमालेख जारी भएको मिति: १३/११/२०१७