जीवन आधार बीमालेख

जीवन आधार बीमालेख


बीमालेखका विशेषताहरुः

बीमाङ्क रकम : न्यूनतम – रु. ५,००,०००/
: अधिकतम – आयस्रोतको आधारमा ।
प्रबेश उमेर : न्यूनतम – १८ वर्ष
: अधिकतम – ५० वर्ष
अधिकतम उमेर : ७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि : न्यूनतम – १० वर्ष
: अधिकतम – २० वर्ष
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक
स्वास्थ्य परिक्षण : कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका : नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ (ADB) र
दुर्घटनाबाट स्थायी अंगभंग सुविधा
: समावेश गर्न सकिनेछ ।

 

बीमाङ्क रकमको आधारमा छुट:

 

बीमाङ्क रकम रु १४,९९,९९९/– सम्म छुट: छैन
बीमाङ्क रकम रु १५,००,०००/– देखी रु २४,९९,९९९/– सम्म छुट: प्रति हजार रु ०.४०/–
बीमाङ्क रकम रु २५,००,०००/– देखी माथि छुट: प्रति हजार रु ०.५०/–

 

बीमा सुविधा
क) जीवित रहेमा (In Case Of Survival):
बीमित जीवित अवस्थामा बीमा अवधि भित्र प्रत्येक बर्ष बार्षिकोत्षव पछिको मितिमा बीमाङ्कको ५% रकम भुक्तानी गरिनेछ । बीमा समाप्तीमा ५% का दरले भुक्तानी गरिएको बीमाङ्क रकम पश्चातको बीमाङ्क र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ । 

ख) निधन भएमा (In Case Of Death):
बीमा परिपक्क हुनु अगावै बीमितको मृत्यु भएमा प्रत्येक बर्ष बार्षिकोत्षव पछिको मितिमा बीमाङ्कको ५% रकमको अग्रिम रुपमा भुक्तानी गरिसकेको बीमाङ्क रकमलाई गणना नगरी बीमालेखमा उल्लेखित पुरै बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।

 

अन्य सुविधा
.समर्पण मूल्य (Surrender Value)/ चुक्ता मूल्य (Paid Value) कर्जा (Policy Holder Loan): बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
.आयकर छुटको ब्यवस्था: आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

 

पूरक करार सुविधा:
(१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

माथि उल्लेखित करार सुविधा अन्तर्गत प्रति हजारमा रु.१ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ (ADB) र प्रति हजारमा रु.२ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ (ADB) सहित दुर्घटनाबाट स्थायी अंगभंग (TPD – PWB/MIB) सुविधाहरु मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरि अधिकतम बीमाङ्क रकम रु. रु १,००,००,०००/– सम्म लिन सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: ०७/०२/२०२१
प्रथम बीमालेख जारी भएको मिति: ११/०२/२०२१