जीवन आवरण बीमा योजना

जीवन आवरण बीमा योजना


बीमालेखका विशेषताहरुः

बीमाङ्क रकम : न्यूनतम – रु. १,००,०००/-
अधिकतम – आयस्रोतको आधारमा ।
प्रवेश उमेर : न्यूनतम – १६ वर्ष
अधिकतम – ५० वर्ष
अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि :  न्यूनतम – ७ वर्ष
अधिकतम – २५ वर्ष
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक, अर्ध बार्षिक
स्वास्थ्य परिक्षण : कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका : नजिकको जन्मदिन (Age Nearer Birthday)

दुर्घटना मृत्यु लाभ (ADB) र
दुर्घटनाबाट स्थायी अंगभंग सुविधा :

समावेश गर्न सकिनेछ

  

बीमाङ्क रकमको आधारमा छुट:

बीमाङ्क रकम रु ४,९९,९९९/– सम्म छुट: छैन
बीमाङ्क रकम रु ५,००,०००/– देखी रू ६,९९,९९९/– सम्म छुट: प्रति हजार रु ०.९०/–
बीमाङ्क रकम रु ७,००,०००/– देखी माथि छुट: प्रति हजार रु १.१०/–

 

बीमा सुविधा

क) जीवित रहेमा (Incase of Survival):

नियमित रूपमा बीमा शुल्क भुक्तानी भई बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेख शर्तहरुको अधिनमा रही बीमा अबधि समाप्ती पश्चात् बीमाङ्क रकम र निर्धारित बोनस रकम भुक्तानी दिइनेछ ।

ख) निधन भएमा (Incase of Death):

नियमित रूपमा बीमा शुल्क भुक्तानी भई बीमा समाप्ती हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेख शर्तहरुको अधिनमा रही थप बीमाङ्क रकम र निर्धारित बोनस रकम भुक्तानी दिइनेछ ।

 

अन्य सुविधा

समर्पण मूल्य (Surrender Value)/चुक्ता मूल्य  (Paid Value)/कर्जा (Policy Holder Loan) :

बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।

आयकर छुटको ब्यवस्था :

आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

 

पूरक करार सुविधा :

(१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)
(४) घातक रोग सम्बन्धी (Critical illness Benefit)

 

माथि उल्लेखित करार सुविधा अन्तर्गत प्रति हजारमा रु.१ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ (ADB) र प्रति हजारमा रु.२ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ (ADB) सहित दुर्घटनाबाट स्थायी अंगभंग (TPD-PWB/MIB) सुविधाहरु मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरि अधिकतम बीमाङ्क रकम रू. १,००,००,०००/- सम्म लिन सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: ०४/०२/२०२२
प्रथम बीमालेख जारी भएको मिति: १०/०२/२०२२