जीवन उत्थान बीमा योजना
जीवन उत्थान बीमा योजना
बीमालेखका विशेषताहरुः
बीमाङ्क रकम |
: न्यूनतम – रु. ५०,०००/— अधिकतम – आयस्रोतको आधारमा |
प्रवेश उमेर |
: न्यूनतम – १६ वर्ष अधिकतम – ५० वर्ष |
अधिकतम बीमा समाप्ती उमेर | : ६८ वर्ष |
बीमा शुल्क भुक्तानी अवधि | : न्यूनतम – ९ वर्ष अधिकतम – १८ वर्ष |
बीमाशुल्क भुक्तानी तरिका | : बार्षिक, अर्ध बार्षिक |
स्वास्थ्य परिक्षण | : कम्पनीको नियमानुसार |
उमेर गणना गर्ने तरिका | : नजिकको जन्मदिन (Age Nearer Birthday) |
दुर्घटना मृत्यु लाभ (ADB) र दुर्घटनाबाट स्थायी अंगभंग सुविधा |
: समावेश गर्न सकिनेछ |
बीमाङ्क रकमको आधारमा छुट:
बीमाङ्क रकम रु २,९९,९९९/- सम्म | : छुट: छैन |
बीमाङ्क रकम रु ३,००,०००/- देखी रु ४,९९,९९९/- सम्म | : छुट: प्रति हजार रु १.५०/– |
बीमाङ्क रकम रु ५,००,०००/- देखी माथि | : छुट: प्रति हजार रु २.००/– |
बीमा सुविधा:
क) जीवित रहेमा (Incase of Survival):
बीमा अवधि भित्र बीमित जीवित भएमा र बीमालेख सक्रिय रहेको अवस्थामा प्रत्येक तीन बर्षको बीमालेखको बार्षिकोत्षव मितिमा निम्न तालिका बमोजिमको बीमाङ्क रकम भुक्तानी गरिनेछ । बीमा अवधि समाप्तीमा बिमितले प्राप्त गरिसकेको बीमाङ्क रकम पश्चातको बाँकी बीमाङ्क र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।
भुक्तानी अबधि (बीमाङ्क रकमको प्रतिशतमा)
बीमा अबधि | ३ | ६ | ९ | १२ | १५ | १८ | जम्मा |
९ बर्ष | १५% | १५% | ७०% | - | - | - | १००% |
१२ बर्ष | १५% | १५% | १५% | ५५% | - | - | १००% |
१५ बर्ष | १५% | १५% | १५% | १५% | ४०% | - | १००% |
१८ बर्ष | १५% | १५% | १५% | १५% | १५% | २५% | १००% |
ख) निधन भएमा (Incase of Death):
बीमा अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा वीमालेखमा उल्लेखित बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।
बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु :
यदि बीमितको मृत्यु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुनसुकै कारणबाट भएपनि बीमालेख अन्तर्गत भुक्तानी गरिने रकम अनुसूचीमा उल्लेख गरेको बीमाङ्क बमोजिम नभई बीमालेखको कुनै चुक्ता मूल्य रहेछ भने सो मात्र भुक्तानी हुनेछ
क) प्रचलित कानुन बमोजिम अनुमति प्राप्त हवाई सेवाद्वारा संचालित मार्गमा यात्रु भै उडान गर्दा बाहेक अन्य उडान गर्दा ।
ख) कानूनको वर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य (युद्ध घोषित होस् वा नहोस्) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
घ) मगज बिग्रेको होस् वा नहोस्, बीमा प्रारम्भ मितिले दुई वर्षभित्र आत्महत्या गरेमा ।
उपरोक्त जोखिमहरु बाहेक यस बीमालेखले विदेशमा प्रवास, यात्रा वा पेशा गर्दा कुनै बाधा पुर्याउने छैन ।
अन्य सुविधा :
समर्पण मूल्य (Surrender Value)/चुक्ता मूल्य (Paid Value)/कर्जा (Policy Holder Loan) :
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
आयकर छुटको ब्यवस्था :
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।
पूरक करार सुविधा :
(१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)
(४) घातक रोग सम्बन्धी (Critical illness Benefit)
माथि उल्लेखित करार सुविधा अन्तर्गत प्रति हजारमा रु.१ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ ९ब्म्द्य० र प्रति हजारमा रु.२ बीमा शुल्क थप गरि दुर्घटना मृत्यु लाभ ९ब्म्द्य० सहित दुर्घटनाबाट स्थायी अंगभंग ९त्एम् - एध्द्यरःक्ष्द्य० सुविधाहरु मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरि अधिकतम बीमाङ्क रकम रु. रु १,००,००,०००/- सम्म लिन सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।
बीमा समितिबाट स्वीकृति मिति: २१/०३/२०२२
प्रथम बीमालेख जारी भएको मिति: २४/०३/२०२२