मृतक अधिकारीको परिवारलाई रु. १३ लाख मृत्युदावी वापतको रकम प्रदान
![](https://np.unionlife.com.np/public/uploads/source/posts/mitra_adhikari.jpg)
Jan 10, 2018
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बैदेशिक रोजगार बीमा गरी मृत्यु भएका बीमित मित्र बहादुर अधिकारीको परिवारलाई रु. १३ लाख मृत्युदावी वापतको रकम मिति २०७४।०९।१९ गते भुक्तानी गरेको छ । कम्पनीले दाबी कागजात प्राप्त भए पश्चात तत्काल बीमा दाबी भुक्तानी गरेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सो मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी निर्मला खत्री अधिकारीलाई प्रदान गर्नु भएको हो । सो मृत्युदाबी वापतको रकम हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत कर्णले दावी भुक्तानी सहज रुपमा उपलब्ध गराउन कम्पनीले बिशेष ध्यान दिएको बताउनुभयो ।
कम्पनीमा यही कार्तिक १२ गते बैदेशिक रोजगार बीमा गरी युएई जान लाग्नु भएका मृतक अधिकारीको धादिङ जिल्लाको दाउन्नेरेल डाडा भन्ने स्थानमा मिति २०७४।०८।११ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।